४ पुस । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर कोल्ट्स एनपीएलको फाइनलमा प्रवेश गरेको हो ।
कर्णालीले दिएकाे ११९ रनकाे लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि जेम्स नीशमले १७ बलमा ४५ रन बनाए । कर्णालीका विपिन शर्माले २ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । कर्णालीका गुल्सन झाले २५ रन बनाए भने देव खनालले २४ रन बनाए । जनकपुरका ललित राजवंशी, जेम्स नीशम र माेहम्मद माेहसिनले २/२ विकेट लिए ।
अब जनकपुरले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम राेयल्ससँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमले पहिलाे क्वालिफायरमा हिजाे जनकपुरलाई हराउँदै फाइनलमा पुगेकाे थियाे । फाइनल खेल शनिबार हुनेछ ।
प्रतिक्रिया