२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्छौंः प्रहरी



४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कानुनअनुसार कारबाही हुने प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले विज्ञप्ति जारी गर्दै साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने बताएको छ ।

प्रहरीले उक्त तस्बिर डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको पनि बताएको छ । भुसालले पनि उक्त फोटो आफैँले सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागेका थिए ।

फोटोमा देखिएका व्यक्ति रवि लामिछाने नै भएको प्रहरीले पुष्टि पनि गरिसकेको छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ४ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।