७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धापासीको एक घरमा भिषण आगलागी



४ पुस । काठमाडौंको टोखा नगरपालिका–६ स्थित धापासीमा बिहीबार अपराह्न लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार भाइकाजी श्रेष्ठको पक्की घरमा आगलागी भएको हो।

ग्यासमा आगो तापेर ग्यास निभाएको र केहीबेरमा बिजुलीको स्विच अन गर्दा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। कम्पाउन्डभित्रको घर भएकाले आगो अन्यत्र भने फैलिन पाएन।

स्थानीयका अनुसार साँझ ५ बजेतिर आगलागी भएको हो। आगो निभाउन उपत्यकाका विभिन्न दमकलहरूको प्रयोग गरिएको थियो।

एसपी अधिकारीले आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको जानकारी दिए। आगलागीको कारण र अन्य सम्पत्ति क्षतिको विवरण हाल अनुसन्धानकै क्रममा रहेको बताइएको छ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ७ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।