काठमाडौं
राजधानीको काठमाडौंको केही स्थानमा विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म विद्युत अवरुद्ध हुन लागेको हो ।
प्राधिकरणले प्राविधिक जडान लागि विद्युत अवरुद्ध गरेर काम गर्नु परेको सूजना जारी गरेर जानकारी दिइएको छ ।
समयअगाडि नै काम सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै विद्युत हुने प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया