२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थानकोट–चित्लाङ सडक एक महिना बन्द हुने



५ पुस । हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्गमध्येको थानकोट–चन्द्रागिरि–चित्लाङ सडक (गणेशमान मार्ग) एक महिनाका लागि बन्द हुने भएको छ।

सडक डिभिजन कार्यालय काठमाडौंले सूचना निकालेर उक्त सडकखण्ड आइतबारदेखि एक महिनाका लागि बन्द गर्ने जानकारी दिएको हो। यस अवधिमा उक्त सडकखण्डको स्तरोन्नति गर्न लागेको जनाइएको छ। डिभिजन कार्यालयले ७ पुसदेखि ६ माघसम्म सडकखण्ड पूर्ण रूपमा बन्द हुने जनाएको छ।

स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रगिरि भञ्ज्याङ खण्डसम्म पूर्ण रूपमा सवारीसाधनको आवागमनमा रोक लगाइनेछ। डिभिजन कार्यालयले यस अवधिमा उक्त सडक भएर चल्ने सवारीसाधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  २ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।