६ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि मंकीपक्सको संक्रमित भेटिएपछि सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा पुन: मंकीपक्स पुष्टि भएपछि सतर्कता अपनाउन सचेत गराएको हो ।
साउदी अरेवियाबाट फर्किएका तनहुँका एक ३६ वर्षीय पुरुषलाई शुक्रबार मंकीपक्स पुष्टी भएको थियो ।
उनी खटिराको समस्या लिएर काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पताल, काठमाडौँमा पुस ४ गते उपचारका लागि गएको र सोहि दिन उक्त अस्पतालले एम्पक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण भएकाले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आइसोलेशनमा राखी थप परिक्षणका लागि नमूनाहरु संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परिक्षण गर्दा शुक्रबार मंकीपक्स पुष्टि भएको हाे ।
परिक्षण पोजिटिभ भएतापनि बिरामीको स्थितिमा केहि जटिलता नभएको र चिकित्सकको निगरानीमा उपचार र रेखदेख निरन्तर भइरहेको मन्त्रालयले जनाएको छ। थप खोज अनुसन्धान तथा उपचारको कार्य जारी रहेको मन्त्रालयको भनाइ छ । यससँगै नेपालमा यो मंकीपक्स पुष्टि भएको दोश्रो पटक हो ।
मन्त्रालयले सबैलाई सचेत रह र यदि कसैलाई एमपक्ससँग मिल्दो जुल्दो लक्षण छन् भने अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन अनुरोध छ ।
साथै, यसको निदानका लागि मन्त्रालयबाट हरेक प्रदेशमा अस्पतालहरुसमेत तोकि विशेषज्ञहरु तोकिसकिएकोले हुनाले उनीहरुबाट परामर्श लिन सकिने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी र सजगता बढाइएको बताएको छ ।
प्रतिक्रिया