५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘सोल्टिनी’को छायाङ्कन अघि नै पोस्टर सार्वजनिक



काठमाडौं
नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो भिडियोमार्फत जानकारी दिइएको छ । यस चलचित्रको निर्देशक अर्जुन सुवेदी रहेका छन् भने अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बु अनुबन्धित भइसकेका छन् ।
सार्वजनिक पोस्टरमा उनीहरु दुबै समेटिएका छन् । सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’ को भूमिका निभाउनेछन् । यो जोडी पहिलो पटक एकसाथ पर्दामा देखिन लागेका हुन्
भोजपुरको सुन्दर प्राकृतिक परिवेशमा छायाङ्कन हुने ‘सोल्टिनी’ ले समाजमा व्याप्त जातीय भेदभाव र अमानवीयताका विरुद्ध आवाज उठाउने बताइएको छ ।
चलचित्रमा प्रकाश सपूत र परीक्षा लिम्बुसँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, र सुजन खतिवडाको अभिनय रहनेछ । चलचित्रको सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन् । चलचित्रका लेखक अर्जुन सुवेदी र कुमार भट्टराई हुन् ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । चलचित्रको नेपाल वितरण आरआर फिल्मस् प्रा.लि. र विदेशी वितरण नेपसिनेले गर्नेछन् । डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

यही पुसको अन्त्यतिर छायाङ्कन सुरु हुने ‘सोल्टिनी’ लाई २०८२ साल असोज ३ गते, संविधान दिवसको दिन प्रर्दशन गर्ने निर्माण पक्षको लक्ष्य छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ९ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।