१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘होस्टेल ३’ को छायाङ्कन सकियो, प्रर्दशन मिती अझैं अन्यौलमै



’होस्टेल ३’ चलचित्र ’होस्टेल’ शृङ्खलाको एक प्रतीक्षित चलचित्र हो । यो शृङ्खलालाई नयाँ प्रतिभाको उद्गमस्थलको रूपमा लिइन्छ

काठमाडौं
चलचित्र ’होस्टेल ३’ को प्रमुख छायाङ्कन ४९ दिनमा शुक्रवार सकिएको छ । तर, केही कलाकारहरूको ’बडी ट्रान्सफर्मेसन’ (शारीरिक परिवर्तन) आवश्यक पर्ने भएकाले अझै एक हप्ताको फुटकर छायाङ्कन बाँकी रहेको निर्देशक सशान कँडेलले जानकारी दिएका छन् ।
यसअघि फागुन १६ गते प्रर्दशन हुने भनिएता पनि सो मितिमा प्रर्दशन स्थगित गरिएको थियो । छायाँकन सकिएपनि निर्माण पक्षले अझैं प्रदृशनको मिती घोषणा गरेको छैन । चलचित्रको नयाँ प्रर्दशन मिति छिट्टै घोषणा गरिने जानकारी निर्माण टिमले दिएको छ ।

हाल चलचित्र पोस्ट–प्रोडक्सनको चरणमा रहेको छ । ’होस्टेल ३’ चलचित्र ’होस्टेल’ शृङ्खलाको एक प्रतीक्षित चलचित्र हो । यो शृङ्खलालाई नयाँ प्रतिभाको उद्गमस्थलको रूपमा लिइन्छ । यसको तेस्रो शृङ्खला पनि नयाँ कलाकारहरूका लागि नेपाली चलचित्र उद्योगमा प्रवेश गर्ने एउटा महत्त्वपूर्ण चलचित्र बन्ने विश्वास लिइएको छ । यसमा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

 

छायाँकन सकिए पनि निर्माण पक्षले अझैं प्रदृशनको मिती घोषणा गरेको छैन

‘होस्टेल’ शृङ्खलाबाट उदय हुनेहरूमा अनमोल केसी, स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, सुशील सिटौला लगायत पर्छन् ।
’होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका छन् भने कथा निर्देशक कँडेलकै हो । चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । शङ्कर कोइराला कार्यकारी निर्माता, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता र सुरेश कँडेल सह–निर्माता हुन् ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ९ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।