२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शक्तिशाली भुकम्पको धक्का महसुस, ५.२ रेक्टरस्केल मापन



९ पुस । दार्चुलामा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ९:२५ बजे दार्चुलाको अपी हिमाल क्षेत्रमा चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शनिबार बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको थियो ।

भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय होहल्ला गर्दै घरबाहिर निस्केका थिए । भुकम्पले त्यसबेला दर्जनभन्दा धेरै घरमा आशिक क्षति भएको थियो ।

पछिल्लो समय पश्चिम नेपालमा लगातार भुकम्पले धक्का दिइरहेको छ । लामो समयसम्म ठुला भुकम्प नगएको भन्दै विज्ञहरुले यस क्षेत्रमा जोखिम रहेको बताउदै आएका छन् ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।