१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


‘जुना’को फस्टलुक



१० पुस । बाल विवाह तथा महिला हिंसा निरुत्साहीत गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘जुना’ को फस्टलुक सार्वजनिक भएको छ ।

आगामी माघ २५ गतेदेखि प्रदर्शनमा आउने यस चलचित्रको फस्टलुकमा मुख्य पात्र अस्मिता ढकाललाई ग्रामीण परिवेशमा सोलो प्रस्तुत गरिएको छ । पोस्टरमा अस्मितालाई सिन्दुर, पोते, र हातमा बाला सहित ग्रामीण पहिरनमा देख्न सकिन्छ । उनी गम्भीर मुद्रामा कतै टोलाइरहेकी देखिन्छन् । पृष्ठभूमिमा रुखको फेद झल्किनुले दृश्यलाई ग्रामीण शैलीमा दर्शाउन खोजिएको छ ।

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको व्यानरमा निर्माण भएको यो सिनेमा बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको हो ।

जीवन सेञ्चुरीको निर्देशन रहेको चलचित्रमा अस्मिता ढकालसँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके र केशव अधिकारीले अभिनय गरेका छन् ।

निर्देशक सेञ्चुरीका अनुसार सिनेमाले “बाल विवाह सामाजिक अपराध हो, त्यसकारण यसलाई अन्त्य गरौं” भन्ने नारालाई मुख्य विषय बनाएको छ । नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी लगायतका कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यो सिनेमाले सम्बोधन गर्ने प्रयास गरेको छ ।

चलचित्रले नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्ने लक्ष्यलाई सघाउने निर्देशक सेञ्चुरीले विश्वास व्यक्त गरेका छन् । दीपकप्रसाद घिमिरे लगानीकर्ता रहेको सिनेमामा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीले संगीत भरेका छन् । जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्दमा अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीले स्वर दिएका छन् ।

यो चलचित्र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, र समालोचकहरूले विशेष प्रदर्शनमा हेरिसकेका छन् । उनीहरूले सिनेमाको विषयवस्तु र प्रस्तुतीकरणप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् ।

पर्वतको सालिजा ओख्रेनी गाउँमा छायांकन गरिएको चलचित्रका छायांकार रामेश्वर हुमागाईं हुन् । यस सिनेमाको वितरणको जिम्मा एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले लिएका छन् ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  १२ : ५९ बजे