१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा विद्यार्थी हत्या प्रकरणस् एक जना छुटे, दुईमाथि अनुसन्धान जारी



१० पुस । ललितपुरको च्यासलमा एक विद्यार्थीमाथि चक्कु प्रहार गरी हत्या गरिएको घटनामा पक्राउ परेकामध्ये एक जना रिहा भएका छन् ।

ललितपुर महानगरपालिका-९ च्यासलस्थित द टाउन क्याफेमा सोमबार राति सुनसरीको इटहरी घर भएका २३ वर्षीय नयन गुरूङको हत्या भएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा रेष्टुरेन्टकै कर्मचारी २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्ट पक्राउ परेका थिए ।

जसमध्ये पदमलाल रिहा भएका हुन् । घटनामा संलग्नता नदेखिएपछि रिहा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए ।

बाँकी दुई जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको हो । उनीहरूमध्ये हेमराजले चक्कु प्रहार गरेको जनाइएको छ ।

बिल तिर्ने विषयलाई लिएर विवाद हुँदा घटना भएको थियो । मृतक गुरुङ ललितपुरकै हिमालय कलेजको बीई चौथो सेमेस्टरमा अध्ययनरत थिए ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  २ : १६ बजे