१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र भवनमा पुस महिनामा पुराना नेपाली चलचित्रकै बर्चस्व



काठमाडौँ
पुस महिनामा दुई चलचित्र प्रर्दशन भए, चलचित्र बम बहादुर र देववाणी । यी दुबै चलचित्रले बजार तताउन सकेका छैनन् ।
चलचित्र देववाणाी राजधानीको हलहरुबाट उत्रि सकेको छ भने चलचित्र बम बहादुर पनि राजधानीको क्युअफएक्स, वान सिनेमा र एफक्युवमा छैन ।
बुधवार पुस १० देखि ‘देववाणी’ लाई बाबुसाहेब बलामीले निर्देशन गरेका हुन् । कुञ्जन भारद्वाज, अञ्जु लेप्चा, सुनिल थापा, ह्यारी जोस, रवीन्द्र झा लगायतका कलाकारले अभिनय गरेको चलचित्र काठमाडौँ बाहिर प्रदर्शनरत छ । सुरुआती व्यापार उत्साहजकन गर्न नसकेपछि यसको काठमाडौँ उपत्यका प्रदर्शन हुन सकेको छैन । अर्थात् चलचित्र भवनले यस चलचित्रलाई शो उपलब्ध गराएका छैनन् ।

गत कत्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले सफलतापूर्वक ५१ औँ दिन पार गरिसकेको छ । यसको नेपालमै ५० करोडको हाराहारीमा व्यापार (ग्रस कलेक्सन) भएको निर्माण पक्षले दाबी गरेको छ ।

नेपाली चलचित्रको इतिहासमा सबै भन्दा बढी व्यापार गर्न सफल भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनरत छ ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा अभिनेता विजय बराल, मुकुन भुसाल, बुद्धी तामाङ, प्रकाश सपूत, अभिनेत्री अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् ।

यस्तै, गत मङ्सिर ७ देखि प्रदर्शन भएको चलचित्र ‘तेल भिसा’ उपत्यका र मोफसलका केही चलचित्र भवनमा प्रदर्शनरत छ । निर्देशक शङ्कर घिमिरेले आफ्नो सन्तान भेट्न प्रवास पुग्ने अभिभावकको भोगाईमा चलचित्रलाई तयार गरेका छन् ।
चलचित्रमा अभिनेता विपिन कार्कीले दोहोरो भूमिका निर्वाह गरेका छन् । यसमा अभिनेता कार्कीसँगै पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरुले अभिनय गरेका छन् ।

अहिले नेपालका चलचित्र भवनमा विदेशीको तुलनामा स्वदेशी चलचित्र नै बढी देखिएका छन् । दर्शकले नेपाली चलचित्रलाई प्राथमिकता दिएपछि यस्तो सम्भव भएको वितरक करण श्रेष्ठले बताए ।

“नेपाली चलचित्रका लागि यो वर्ष निकै सुखद देखिएको छ । यो साथले धेरै चलचित्रकर्मीलाई हौसला दिएको छ । अहिलेसम्म प्रदर्शन भएका चलचित्रको समग्र व्यापार हेर्दा आउँदो वर्ष निर्माण सङ्ख्या बढ्नेमा दुईमत छैन”, वितरक श्रेष्ठले भने ।

बेलाबखतमा चलचित्र भवनले शो नदिएको गुनासो सुनिएता पनि यस वर्ष नेपाली चलचित्रले चलचित्र भवनमा आफूलाई अब्बल सावित गरेको छ ।
नेपाली निर्माता तथा निर्देशकले चलचित्र प्रदर्शनलाई प्राथमिकतामा राख्ने गरेका छन् । विदेशी ठूला बजेटका चलचित्र, चिसो मौसमले गर्दा पुसलाई नेपाली निर्माताले प्राथमिकतामा राख्ने गर्दैनन् । यद्यपि केही नेपाली चलचित्र अहिले चलचित्र भवनमा प्रदर्शनरत छन् ।

 

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ९ : ०५ बजे