१५ पुस २०८१, सोमबार | Tue Dec 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्ड भन्छन्,‘भ्रष्ट्राचारविरुद्ध आन्दोलन निरन्तर अघि बढ्छ’



मेरो नेतृत्वको सरकारकै पालमा मिटरब्याजीविरुद्ध अभियान सञ्चालन गरेका थियौँ
कञ्चनपुर
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनका लागि भ्रष्टाचारविरुद्ध आन्दोलन निरन्तर अगाडि बढाइने बताएका छन् ।
कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचारविरुद्ध खबरदारी सभामा प्रचण्डले अठार महिनाको अवधिमा सरकारमा रहँदा पनि भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान थालनी गरिएको बताएका हुन् । “मेरो नेतृत्वको सरकारकै पालमा मिटरब्याजीविरुद्ध अभियान सञ्चालन गरेका थियौँ । भारत सरकारसँग ऊर्जासम्बन्धी समझदारी, चीनसँगको पारवहन सम्झौतासँगै विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोडने काम पनि भयो”, अध्यक्ष दाहालले भने ।
उनले माओवादी केन्द्र बलियो भएमा देशमा सुशासन र विकासले गति लिने भन्दै देशैभर एकबद्ध हुँदै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १० : २९ बजे