१७ पुस २०८१, बुधबार | Wed Jan 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


शेयर बजारमा गिरावट



१४ पुस । आज नेप्से परिसूचकमा २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा आएको छ । आज ५ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ३ वटा समूहका सूचकमात्र बढेका छन् । फाइनान्स समूहको सूचक सबैभन्दा बढी घटेको छ ।

यस दिन ३१६ कम्पनीको १ करोड १० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा प्रभु बैंक अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड परेका छन् ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ३ : ४९ बजे