२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुुद्धीकरण मुद्दा



१४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुुद्धीकरण मुद्दा दर्ता गरेको छ।
आयोगले आइतबार बस्नेत, उनकी श्रीमती उर्मिला र पद्मा कोलोनी प्रा.लि. र उक्त कम्पनीका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कंडेलविरुद्ध दुईवटा कसुरमा मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रमुख बस्नेतले पदको दुरुपयोग गरी जग्गाको अवैध कारोबारमा सघाएर बैक खाता मार्फत दुई करोड १५ लाख ७३ हजार नगद लिएको पुष्टि हुन आएको दाबी गरे।

त्यस्तै उनले ६ करोड ८२ लाख मूल्य बराबरको जग्गा र प्रतिवादी कंडेललाई शंकर होटलमा विवाह भोजको २४ लाख ७२ हजार भुक्तान गर्न लगाएर जम्मा ९ करोड २२ लाख ४६ हजार घुस लिएको अख्यिारले अभियोग पत्रमा उल्लेख गरेको छ।

आयोग भ्रष्टाचार गरी आर्जन गरेको रकममा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी समेत कसूर समेत थप गरी सजाय माग दाबी लिएको छ। बस्नेतलाई सम्पत्ति शुद्धिकरणतर्फ १३ करोड १२ लाख ७३ हजार बिगो कायम गरी सम्पत्ति शुद्धिकरण मुद्दा दायर गरेको छ।

&nbsp

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।