१४ पुस । नेपाल थप एक जनामा मंकीपक्स संक्रमण पुष्टि भएको छ । साउदी अरेबियाबाट फर्किएका ४४ वर्षीय पुरुषमा मंकीपक्स पुष्टि भएको हो । ती युवामा संक्रमणको शंका भएपछि उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहाँबाट आएको रिपोर्ट अनुसार उनमा मंकीपक्सको संक्रमण देखा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंकीपक्स पुष्टि भएका ती व्यक्तिको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ । यसअघि गत ५ पुसमा साउदी अरेबियाबाटै फर्किएका ३६ वर्षीय युवालाई मंकीपक्स पुष्टि भएको थियो । गत १ असारमा पहिलो पटक नेपालमा एक विदेशी महिलालाई मंकीपक्स देखिएको थियो । त्यसयता दुई जनालाई नेपालीमा मंकीपक्स देखिएको छ ।
प्रतिक्रिया