१९ पुस २०८१, शुक्रबार | Fri Jan 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


एकाबिहानै शक्तिशाली भूकम्पको धक्का



१६ पुस । बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । पछिल्लो समय सुदुरपश्चिम र मध्यपश्चिममा निरन्तर भूकम्पको धक्काहरू महसुस भैरहेको छ । मंगलबार बिहान ७ बजेर ७५ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

४ दशमलब ६ म्याग्निच्यूडको भूकम्प बैतडीको सिगासको नवघर केन्द्रविन्दु भएको र क्षतिको कुनै विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । भूकम्पको धक्का आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्प सुरक्षाविद्हरूले यसअघि देखि नै कर्णाली र सुदुरपश्चिम भूकम्पको उच्च जोखिममा रहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ९ : ०८ बजे