१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकाविहानै ४.६ रेक्टर स्केलको भूकम्पको धक्का



बैतडी
आज एकाविहानै भुकम्पले धक्का दिएको छ ।
बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।
सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ः५४ बजे ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको छ । भूकम्पबाट के कति क्षति भयो भन्ने अहिलेसम्म जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो समय देशको पश्चिमी जिल्लाहरुमा निरन्तर भुकम्पले धक्का दिइरहेको छ ।
विज्ञहरुका अनुसार सयौं बर्षदेखि पश्चिमी क्षेत्रमा ठूला भुकम्पको धक्का नगएका कारण यो क्षेत्र विषेश जोखिमपूर्ण क्षेत्र हो ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।