१९ पुस २०८१, शुक्रबार | Sat Jan 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



१६ पुस । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङसमेत १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको हो । गाउँपालिका वडा नं। १ को आ।व। २०७५र०७६ र आ.व. २०७६/०७७ मा स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरेको भन्ने समेत व्यहोरा उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको दाबी छ ।

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, इन्जिनियर नवीन थापा, सबइन्जिनियर सूर्यप्रसाद पौडेल छन् ।

यस्तै, सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले, कोषाध्यक्ष हिमकुमारी केसी, अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, तत्कालीन इन्जिनियर सुदीप आचार्य, तल्लो बजार नाली तथा ढलान सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मंगलदेवी थापामगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ र २०७६/७७ मा अर्जुनचौपारी गाउँपालिका–१ मा स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरेको भन्ने उजुरीपछि अख्तियारले उनीहरूमाथि अनुसन्धान थालेको थियो ।

उनीहरूले दुई सडक निर्माण गर्दा ३५ लाख ३९ हजार ३३१ रुपैयाँबराबरको गुणस्तरहीन काम गरेको पाइएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ४ : ४३ बजे