१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


परीक्षा बिग्रिएपछि तीन छात्राले सेवन गरे विषः एक जनाको मृत्यु, दुईको उपचार हुँदै



१६ पुस । बर्दिवासमा परीक्षा बिग्रिएको भन्दै एक विद्यालयका तीन छात्राहरुले एकैसाथ विष सेवन गरेका छन् । विष सेवन गर्नेमध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी नगरपालिका १० घर भएकी १७ वर्षीया रिंकु शर्मा रहेकी छन् ।
बर्दिवास ११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा पढ्ने रिंकुसहित उषा पण्डित र सन्जु यादवले एकैसाथ विष सेवन गरेका थिए ।

शर्मालाई मंगलबार बिहान बर्दिवासस्थित इलाका प्रहरीले पौने १२ बजेतिर बर्दिवास ४ स्थित जंगली क्षेत्रबाट अचेत अवस्थामा उद्धार गरी बर्दिवास अस्पताल पु¥याएको थियो । रिङ्कु साथै विष सेवन गरेका उषा र सन्जुको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । दुवै छात्राको अवस्था सामान्य रहेको छ ।

उनीहरु तीनै जना जियोमेट्री (अमिन) विषयको प्रथम वर्षका छात्रा हुन् । रिङ्कुले टेस्ट परीक्षा बिग्रेको पीडामा विष सेवन गरेको र बाँकी दुई जनालाई करकापमा पारेर विष सेवन गर्न लगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ७ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।