१६ पुस । मकवानपुर मनहरी गाउँपालिकामा मान्छेसहित सातवटा बाख्रा मार्ने बाघलाई नियन्त्रणमा लिइएको छ ।
बा
घलाई चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको हो । गत पुस १४ गते मनहरी गाउँपालिका वडा नम्बर ५ बसन्तपुरमा घाँस काट्न बारीको छेउमा गएकी ७२ वर्षीया कान्छीमाया रुम्बालाई आक्रमण गरी मार्ने बाघलाई मंगलबार नियन्त्रणमा लिइएको हो ।
१४ गते मान्छेलाई आक्रमण गरी मारेको बाघले १५ गते बिहान सोही गाउँको सूर्यबहादुर मोक्तानको खोरको सातवटा बाख्रा मारेको थियो । गाउँमा बाघको आतंक भएपछि चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा हात्तीसहित आएको टोलीले वाघलाई नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया