२० पुस २०८१, शनिबार | Sun Jan 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सूर्यदर्शन सहकारी प्रकरणः जाहेरीवालाको तर्फबाट बहस हुँदै



१८ पुस । पोखरा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीमा थुनछेक बहस जारी छ । जिल्ला न्यायाधीश नितिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस सुरु भएको हो ।

मंगलबार सरकारको पक्षबाट दुई जना वकिलले सात जना प्रतिवादीहरूमाथि बहस गरेका थिए । सरकारी वकिलको कार्यालयको तर्फबाट सहायक न्यायाधिवक्ता सुजता पौडेल र सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले थुनछेक बहस गरेका थिए । बहसमा उनीहरूले प्रतिवादीहरू प्रारम्भिक चरणमै दोषी देखिएकाले पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए ।

यस्तै, बुधबार सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएको छ । सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए । सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएसँगै बिहीबारदेखि जाहेरीवालाको तर्फबाट बहस हुँदैछ ।

जाहेरीवालाको तर्फबाट १२ जनाले बहस गर्ने अदालत प्रशासनले जनाएको छ । जाहेरवालाको बहसपछि भने प्रतिवादीको तर्फबाट बहस हुनेछ ।

प्रतिवादीहरूको तर्फबाट बहस गर्ने वकिलहरूको संख्या धेरै छ । त्यसमध्ये लामिछानेको पक्षबाट प्रतिरक्षा बहस गर्नेको संख्या सबैभन्दा बढी १८ जना छन् ।

यस्तै नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशीको तर्फबाट भने दुई जना वकिलले प्रतिरक्षा बहस गर्ने छन् । त्यसैगरी लिला पछाईंका तर्फबाट चार जना वकिलहरूले प्रतिरक्षा बहस गर्ने छन् । यस्तै रामबहादुर खनालको तर्फबाट पनि चार जनाले वकालतनामा दिएका छन् ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ११ : ०७ बजे