२१ पुस २०८१, आइतबार | Sun Jan 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चीनमा फैलियो कोरोनाजस्तो नयाँ भाइरस



१९ पुस । चीनमा फेरि नयाँ भाइरसको संक्रमण फैलिएको छ। यसका लक्षणहरू पनि कोरोना भाइरसजस्तै छन्। यो नयाँ भाइरसको नाम ह्यूमन मेटान्यूमोवायरस (HMPV) हो, जुन एक आरएनए भाइरस हो।

भाइरसबाट संक्रमित हुँदा बिरामीहरूमा रुघाखोकी र कोभिड-१९ को लक्षणहरू जस्तै लक्षण देखा पर्छन्। यसको सबैभन्दा बढी असर साना बालबालिकाहरूमा परेको छ। जसमध्ये २ वर्षमुनिका बालबालिका बढी प्रभावित भएको टाइम्स अफ इन्डियमा उल्लेख छ।

चाइनाको रोग नियन्त्रण एवं रोकथाम केन्द्र (CDC) का अनुसार यसका लक्षणहरूमा खोकी, ज्वरो, नाक बन्द हुनु र घाँटीमा घरघराहट हुनु हो। HMPV बाहेक इन्फ्लुएन्जा ए, माइकोप्लाज्मा निमोनिया र कोभिड-१९ को केसहरू पनि रिपोर्ट गरिएको छ। जसका कारण बिरामीको संख्या निरन्तर बढ्दै गएको छ।

यसैबीच सामाजिक सञ्जालमा बिरामीको तस्बिर राख्दै गरिएको पोस्टमा चीनले भाइरस फैलिएपछि धेरै ठाउँमा आपतकाल घोषणा गरेको दाबी गरिएको छ। दाबीका अनुसार अस्पताल र श्मशान स्थलमा भीड बढ्दै गएको छ। तर, चीनले भने त्यस्तो कुनै जानकारी दिएको छैन। द स्टारको रिपोर्टका अनुसार सीडीसीले अस्थमा र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी जस्ता रोगबाट पीडित बिरामीहरूमा संक्रमणको जोखिम बढी हुने बताएको छ।

खोक्दा र हाछ्युँ गर्दा भाइरस सर्ने जोखिम उच्च हुन्छ। यदि भाइरसको प्रभाव गम्भीर छ भने यसले ब्रोंकाइटिस र निमोनिया पनि निम्त्याउन सक्छ। रोयटर्सका अनुसार चीनले यसको सामना गर्न निगरानी प्रणालीको पनि परीक्षण गरिरहेको छ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  २ : ५१ बजे