२० पुस । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार वितरण लाइन भूमिगत गर्ने कार्यका लागि पुलचोक डिस्ट्रिब्युसन सेन्टरको यूएन पार्क फिडर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि बन्द गरिएको छ । सो अवधिमा शंखमुल, यूएन पार्क, शंखमुल टाउन प्लानिङ क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
त्यस्तै, सडकको कल्भर्ट निर्माणका क्रममा परेको एचटी पोल सार्नका लागि जोरपाटी डिस्ट्रिब्युसन सेन्टरको साँखु फिडर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बन्द भएको छ । सो अवधिमा नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्सिङ पौवा र नांगलेभारेमा विद्युत् अवरुद्ध हुनेछ ।
काम निर्धारित समयभन्दा अघि सकिएमा अगाडि नै सेवा सुरु हुने पनि प्राधिकरणको भनाई छ । यसबाट पर्न गएको असुविधाको लागि प्राधिकरणले क्षमायाचना समेत गरेको छ ।
प्रतिक्रिया