२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पिंगलास्थान युवती मृत्यु घटनाः सँगै बसेका युवक ओखलढुंगामा मृत फेला



२० पुस । काठमाडौं पिंगलास्थानस्थित बागमति होटेलमा मृतक युवतीलाई छाडेर ढोका थुनेर फरार युवक ओखलढुंगामा मृत भेटिएका छन् ।
काठमाडौंको कागेश्वरीकी २२ वर्षीया सुस्मिता खड्का होटलभित्रै मृत फेला परेकी थिइन्। उनीसँगै बसेका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा फरार थिए। प्रहरीले घटना लगतै उनको खोजि गरिरहेको थियो।

उनलाई शनिबार ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत फेला पारेको ओखलढुंगा प्रहरीले जनाएको छ ।
युवती मृत फेला परेपछि प्रहरीले हत्याको आशंका गरेको थियो।

वाग्मती होटेलको ३०८ नम्बर कोठामा उनीहरु नयाँ वर्षको अघिल्लो बेलुकी बस्न गएका थिए।
तर बाहिरबाट ढोका लगाएको देखेपछि चाबि फोेडेर हेर्दा युवती मृत फेला परेकी थिइन्।
सँगै बसेका देवबहादुर भने फरार थिए।

 

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ६ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।