म नेपाल आइडल नामक साङ्गीतिक प्रतियोगितामा पुग्दा नै गायक परियारको गायनबाट प्रभावित थिए । महिला स्वरका लागि मलाई गायिका जोशी उपयुक्त लाग्नुभयो
काठमाडौँ
नेपाल आइडलको पाँचौ सिजनका विजेता हुन् करण परियार । यही रियालिटी शोमा र्जज थिइन्, गायिका इन्दिरा जोशी ।
गायिका इन्दिरा जोशीले नेपाल आइडलको फाइनलसम्म करणको गीत मन पराएर अघि बढाइन् । अन्ततः करणले नेपाल आइडल जिते । नेपाल आइडलमा सधै उत्प्ररणा दिने जर्ज इन्दिरा पनि खुशी देखिएकी थिइन् ।
शुक्रबार उनै चेलाको रुपमा संगीत क्षेत्रमा डोहो¥याएकी गायिका इन्दिरासँगै अघि बढेका गायक करण परियार एक मञ्चमा सँगै देखिए ।
नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ का लागि ‘सपनीमा’ बोलको गीतमा उनीहरुले स्वबद्ध गरेका हुन् । करुण थापाको शब्द र सङ्गीत रहेको उक्त गीतमा गायिका इन्दिरा जोशी र गायक करण परियारको स्वर छ ।
सङ्गीतकार थापाले नै करण परियार र इन्दिरा जोशीलाई छनोट गरेर गीत गाउन आग्रह गरेको बताए । “म नेपाल आइडल नामक साङ्गीतिक प्रतियोगितामा पुग्दा नै गायक परियारको गायनबाट प्रभावित थिए । महिला स्वरका लागि मलाई गायिका जोशी उपयुक्त लाग्नुभयो”, सङ्गीतकार थापाले सोही कार्यक्रममा भने । उनले चलचित्रका अभिनेता नाजिर हुसेनका लागि स्वर मिल्दो भएका कारण पनि करण छनोटमा परेको खुलासा गरे ।
गयिका जोशीले आफ्ना चेला सरहका अनुजसँग काम गर्न पाउँदा निकै खुसी लागेको बताइन् । गायक परियारले आफ्नो चलचित्रमा गाउने् सपना पुरा भएको सुनाए ।
चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशक गौचनको डेव्यु चलचित्र हो । उनले पहाड र तराईको समिश्रण रहेको गज्जवको चलचित्र निर्माण गरिएको कार्यक्रममा बताएका छन् । चलचित्र यही माघ ११ गतेबाट देशभरको चलचित्र भवनमा प्रर्दशन हुने जानकारी दिइएको छ ।
प्रतिक्रिया