नेपाली रङ्गमञ्च तथा अभियन क्षेत्रमा क्रियाशील रहेका महर्जनलाई यस वर्ष २५ हजार नगद सहित सम्मान गरिएको
ललितपुर
नाट्यकर्मी कृष्णभक्त महर्जनलाई विष्णुभक्त रङ्गकर्मी पुरस्कार प्रदा नगरिएको छ ।
वरिष्ठ रङ्गकर्मी तथा कलाकार विष्णुभक्त फुँयालको नाममा स्थापित विष्णुभक्त रङ्गकर्मी पुरस्कार २०८१ कलाकार एवं नाट्यकर्मी कृष्णभक्त महर्जन र तारादेवी युवा नारी प्रतिभा छात्रबृद्धि स्यानलिना श्रेष्ठलाई प्रदान गरिएको हो ।
विष्णुभक्त फुयाँलको आठौं स्मृति दिवसको अवसरमा विष्णुभक्त–तारादेवी गुठीले विशेष कार्यक्रम आयोजना गरी पुरस्कार र छात्रबृत्ति प्रदान गरेको थियो ।
कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक वैकुण्ठ भण्डारीले तीन दशकभन्दा बढी नेपाली रङ्गमञ्च तथा अभियन क्षेत्रमा क्रियाशील रहेका महर्जनलाई यस वर्ष २५ हजार नगद सहित सम्मान गरिएको जानकारी दिएका छन् ।
त्यस्तै तारादेवी छात्रबृत्ति छनौट समिति सुप संस्थाका संस्थापक गुजेश्वरी श्रेष्ठले हरेक वर्ष गुठीले विपन्नबर्गका विद्यार्थीहरुलाई ११ र १२ कक्षाका लागि दिँदै आएको र यो वर्ष सुपले स्यानलिना श्रेष्ठलाई छनौट गरिएको जानकारी दिए ।
कार्यक्रममा गुठीका अध्यक्ष विमल फुँयालले आफ्ना पिताले २०१९ साल पहिलो पटक दिल्लीबाट फर्केपछि नेवारी नाटकमा अभियन गरेको स्मरण गर्दै श्रम र शिक्षाको क्षेत्रमा नाटकमा माध्यमबाट नागरिकलाई उत्प्रेरणा जगाउने काममा सक्रिय रहनु भएको बताए ।
कार्यक्रम संयोजक डा कमल फुँयालले यस अघि कलाकारहरु राजेन्द्र गड्तौला, लक्ष्मण सिंह बस्नेत, रमेश केसी मट्टारे, रामचन्द्र अधिकारी, पल्पसा डंगोल र लक्ष्मी गिरीलाई सो पुरस्कार प्रदान गरिएको जानकारी दिए । २०७३ साल पुस १९ गते सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले आयोजना गरेको नाटक ‘ महर्षी यज्ञबल्क्य’ मा राजा जनकको भूमिकामा अभियन गर्दा गर्दैको अवस्थामा निधन भएको थियो ।
प्रतिक्रिया