चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा लगायतका कलाकार छनौट भएका छन्
काठमाडौं
गायक टंक बुढाथोकीले आफ्नो निर्देशनमा अशोक दर्जीलाई लिएर चलचित्र बनाउने भएको छन् । चलचित्रको मुख्य पात्र बाल गायक अशोक दर्जी हुनेछन् ।
गायक एवं संगीतकार बुढाथोकीले चलचित्र ’मन बिनाको धन ठूलो कि धन बिनाको मन’ आफैले निर्माण र निर्देशन गर्नेछन् ।
चलचित्रको मुख्य पात्र चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा लगायतका कलाकार छनौट भएका छन् । अन्य केहि प्रमुख कलाकारहरु अझै फाइनल हुन बाँकी रहेको बुझिएको छ ।
चलचित्रको कथा निर्माता निर्देशक टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् ।
चलचित्रलाई सौरभ लामाले छायांकन गर्नेछन् । अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । दर्जी हाल काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छन् ।
अशोक दर्जीलाई अध्ययनका लागि काठमाडौं ल्याएर अभिभावकत्व समेत दिइरहेका टंक बुढाथोकीले दर्जनौं चलचित्रमा शब्द, संगीत र स्वर दिएका छन्। यस चलचित्रमा पनि टंक बुढाथोकी को संगीत रहनेछ।
प्रतिक्रिया