२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रास्वपाले बनायो संविधान संशोधनबारे कार्यदल



२१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानमा संसोधनबारे सुझाव दिन कार्यदल गठन गरेको छ ।

रास्वपाको शनिबारदेखि जारी केन्द्रीय समितिको बैठकले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्व ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलको सदस्यमा कान्तिशिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डाक्टर तोसिमा कार्की, डाक्टर अच्युतम लामिछाने र मेघ आले रहेका छन् ।

कार्यदलले ७ वटै प्रदेशमा साझेदार तथा संविधानविदसँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने बताइएको छ । रास्वपा केन्द्रीय समितिको दुईदिने बैठक काठमाडौंको स्वयम्भूस्थित स्टार ब्यांक्वेटमा जारी छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १ : २९ बजे