२१ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । आजदेखि केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा ओलीले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
राजनीतिक प्रतिवेदनमा आउँदो कार्ययोजना, पार्टी संगठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको छ ।
प्रतिक्रिया