२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘पूर्ण बहादुरको सारङ्गी’ जस्तै ब्लकबस्टर चलचित्र निर्देशन गर्ने पौडेलको रहर



हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौँ

काठमाडौं
‘पूर्ण बहादुरको सारङ्गी’ जस्तै ब्लकबस्टर चलचित्र निर्देशन गर्ने योजना सहित निर्देशक सरोज पौडेलले नयाँ चलचित्र ‘कोशेढुंगा’ घोषणा गरेका छन् ।

सरोज पौडेलले आफूले निर्देशन गर्ने चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका हुन् ।

 

चलचित्र कस्तो हुने, कथा के हो, कलाकार को–को हुने त्यो हामी केही समयपछि जानकारी गराउनेछौँ

“चलचित्र कस्तो हुने, कथा के हो, कलाकार को–को हुने त्यो हामी केही समयपछि जानकारी गराउनेछौँ,” निर्देशक पौडेलले भने, “तर हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौँ ।”
उनले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली चलचित्र उद्योगमा सबैभन्दा धेरै कमाउने चलचित्रको रेकर्ड राखिसकेको छ । करिब ५० करोड रुपैयाँ नेपाली बक्सअफिसबाट मात्रै कलेक्सन गरेको छ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहने छ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।

बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछन् ।

कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् । चलचित्रको मुख्य भूमिकामा को–को रहनेछन् त्यो भने निर्माण टिमले जानकारी दिएको छैन ।

 

उनै निर्देशकले बनाउने ‘कोशेढुंगा’ पनि सफल हुनेमा अपेक्षा राख्न सकिन्छ । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले यो चलचित्र प्रतिक्षित हुनेछ ।

निर्माण पक्षले जानकारी दिए अनुसार चलचित्र २०८२ मा प्रर्दशन हुनेछ ।

 

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ८ : ४१ बजे