पेशा अपनाएकै कारण बाँच्न गाह्रो भइरहेको अवस्थामा सदस्य बढ्दै जानुको कारण खोज्नु गरुरी छ
चापागाँउ
पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले महासंघको सदस्यता वितरणको क्रममा शुद्धीकरण नभएको भन्दै असन्तुष्टि जनाएकी छिन् । पत्रकार महासंघ ललितपुरको पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष शर्माले भनिन,महासंघमा पत्रकार सदस्य भएन भने धमिलो पानीमा माछा मार्ने काम हुन्छ ।’
अध्यक्ष शर्माले गैरपत्रकार सदस्य महासंघमा भए पेशामा शुद्धीकरण नहुने तर्क गरिन् । ‘पेशा अपनाएकै कारण बाँच्न गाह्रो भइरहेको अवस्थामा सदस्य बढ्दै जानुको कारण खोज्नु गरुरी छ’ , अध्यक्ष शर्माले भनिन्, । उनले सबै सदस्यहरुले म म भन्नु जरुरी रहेको विचार व्यक्त गरिन् ।
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले आफ्नो पत्रकारहरुसँग विभिन्न मतभेदसँगै नोकझोक चल्ने गरेको बताए । महासंघको सदस्यतालाई लिएर ललितपुरमा विवाद छ । यहाँ प्रेस सेन्टरले पत्रकारिता पेशामा आबद्ध नभएका व्यक्तिहरुलाई समेत सदस्यता दिएको भन्दै प्रेस चौतारी र प्रेस युनियनले आपत्ती जनाउदै आएको छ ।
यहाँका संगठनहरुले जिल्लामा सक्रिय पत्रकारिता गरिरहेको पत्रकारहरुलाई सदस्य बन्नबाट बञ्चित गरेको र अन्य शाखामा आबद्ध सदस्यहरुको सदस्यता स्थानान्तरण नगरेको भन्दै विरोध गरेका छन् ।
प्रतिक्रिया