२२ पुस । काठमाडौंबाट सोमबार बिहान झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या उत्पन्न भएपछि डाइभर्ट गरिएको छ। उडान नं. ९५३ जहाज कल साइन ९ एन एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए।
उक्त विमान बिहान ११:१५ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। जहाजलाई एयरलाइन्सका प्राविधिकले परीक्षणा गरिरहेको कर्णले बताए। उनका अनुसार यात्रुलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको छ।
प्रतिक्रिया