२२ पुस । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका–१० घर भइ काठमाडौं महानगरपालिका–९ बस्ने २८ वर्षीय राकेश कुमार रावत, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–११ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–९ बस्ने ३३ वर्षीय दुधराज थिङ र दाङ तुल्सीपुर उपमहानगरपालिका–५ घर भइ ललितपुर, ललितपुर महानगरपालिका–१० बस्ने ३४ वर्षीया प्रभा श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये राकेशले मौरिसस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ४५ हजार रुपैयाँ, दुधराजले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रुपैयाँ र प्रभाले सिंगापुर पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ८ हजार रुपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राकेशलाई काठमाडौं महानगरपालिका–९ बाट शुक्रबार, दुधराजलाई ललितपुर महालक्ष्मी नगरपालिका– बाट र प्रभालाई ललितपुर महानगरपालिका–१० बाट आइतबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया