२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले केन्द्रीय कमिटी बैठक, १४ बुँदे प्रस्ताव पारित(पूर्णपाठ)



२३ पुस । सत्तारूढ दल एमालेको केन्द्रीय कमिटी बैठक मंगलवार सकिएको छ । गत आइतबार सुरु भएको बैठकले विभिन्न महत्वपूर्ण समसामयिक प्रस्ताव पारितसहित सकिएको छ ।

बैठकले ३ महिने अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । साथै बैठकले १४ बुँदे प्रस्ताव पारित गरेको छ ।

प्रस्थावमा सरकारलाई गर्नुपर्ने कामबारे केही सुझाव दिइएको छ । बैठकले सत्तारूढ दलहरूबीचको आपसी समझदारी सुदृढ बनाउन शुभकामना पनि दिएको छ । ८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई एमालेले आग्रह गरेको छ ।

एमालेले पार्टीबाट विभिन्न समयमा अलग भएर गएका शक्तिहरुलाई पुरानै घरमा फर्कन आह्वान गर्ने निर्णय पनि गरेको बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई सफल बनाउन पार्टी विभाजन लगायतका कारणले पार्टी बाहिर रहेका सबै नेता र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्कन आग्रह गरिएको उनले बताए ।

बैठकले सचिवालय बैठकले गरेको नेता भीम रावलको संगठित सदस्यता खोस्ने र नेतृद्धय बिन्दा रावल र उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णयलाई सर्वसम्मत अनुमोदनसमेत गरेको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गरेका थिए । त्यसमाथि नेताहरूले आफ्नो धारणा राखेका थिए । धारणा राख्ने क्रममा नेताहरूले उठाएको सवालको जवाफ अध्यक्ष ओलीले दिएपछि बैठक सकिएको हो ।

बैठकमा धेरै नेताहरूले नेतृत्वको शैली परिवर्तनसँगै बैठकको पूर्वसन्ध्यामा डा. भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथिको कारबाही फिर्तालगायतका विषयमा सुझाव राखेका थिए ।

बैठकको समापन गर्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पिलो निचोरिँदैमा वजन नघट्ने बताएका छन् ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ६ : २४ बजे