२३ पुस । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरि नगरपालिका क्षेत्रका विभिन्न ६ वटा प्रशोधित पिउने पानी उद्योगको अनुगमन गरेको छ ।
अनुगमन र निरीक्षणबाट मोबाइल फुडल्याब भ्यान प्रयोग गरी प्रशोधित पिउने पानीका नमुना परीक्षण गरिएको हो । निरीक्षण क्रममा पुराना तथा कुच्चिएका जार प्रयोग गरेको पाइएपछि ९७ थान जार नष्ट गरिएको विभागले जनाएको छ ।
प्रतिक्रिया