५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


आमा हिरोएन प्रियांका कार्कीको फुरफुर



रियलमा आमा बनेकी प्रियंकालाई के  रिलमा हिरोको आमा बन्न तयारी गर्ने बेला आएको हो ?

ललितखबर
राजधानीमा एक कार्यक्रममा अभिनेत्री प्रियंका कार्की छोरी आयंकासँगै देखिइन् । छोरी च्यापेर चलचित्रको हल पसेकी प्रियंकालाई छोरीले कम्ती दुःख दिइनन् ।
मञ्चमा बसेकी प्रियंकालाई बोलाउदै बेला बेलामा आयंकाले ममी भन्दै चिच्याएको सुनिन्थ्यो । अभिनेत्री प्रियंका मञ्चबाटै उनलाई थम्थमाउदै बस्न आग्रह गर्थिन् ।
अभिनेत्री प्रियंकाको कपडा तानेको चकचक गरेको भिडियो आजकल सामाजिक सञ्जालमा समेत भाइरल छ । उनले ‘ममी हिरोएन हो नि । त्यसैले यस्तो कपडा लगाउनु पर्छ’ भन्दै सम्झाउनु परेको दृश्य देखिन्छ ।
आमा अभिनेत्री प्रियकालाई आमा हिरोएन हुनु पिडा छछल्किरहेको थियो । चकचक गर्न मन पराउने छोरी आयंकाको हर्कत पनि कार्यक्रममा हेर्नलायक थियो ।
चलचित्रको संवादको क्रममा अभिनेत्री प्रियंकाले आफू छोरी आयंकाका लागि गुड ममी भएको समेत बताएकी छिन् ।
छोरीको उमेर बढ्दै जानु अभिनेत्री प्रियंका उमेर गएको संकेत पनि हो । के अब प्रियंका हिरोसँग रोमान्स गरिरहेको देख्न नपाइने हो ? भन्ने शंका बढेको छ । अभिनेत्री पुजा चन्द,रेजिना उप्रती र विपना थापाहरु आमा बनेर चलचित्रमा देखिन थालिसके ।
अब अभिनेत्री प्रियंकाको पालो हिरोको आमा बन्ने पालो आउदैछ । प्रश्न उव्जिउको छ, ‘रियलमा आमा बनेकी प्रियंकालाई रिलमा हिरोको आमा बन्न तयारी गर्ने बेला आएको हो ?’

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ९ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।