२४ पुस । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन्।
काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा मंगलबार रिहा भएको जिल्ला प्रहरी परिसरले जनाएकाे छ।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डयेको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
नेवाले चार लाख र लामाले तीन लाख धरौटी बुझाएर रिहा भएका हुन्। जिल्ला सरकारी वकीले कार्यालयले आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो।
प्रतिक्रिया