२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपति क्षेत्र विकास कोषको मूल गेटमा तालाबन्दी



 

२४ पुस । श्रम अदालतको आदेश कार्यान्वयन गर्न माग गर्दै पशुपति क्षेत्र विकास कोषको मूल गेटमा तालाबन्दी गरिएको छ । कोषमा कार्यरत करार श्रमिकहरुले बुधबार मूल गेटका ताला लगाएर धर्ना सुरु गरेका हुन् ।

कोष यसअघि आफूमार्फत् नै काम लगाउँदै आएका श्रमिकलाई आउटसोर्समार्फत् काम लगाउन थालेपछि श्रमिकहरु श्रम अदालत गएका थिए ।

गत पुस ५ गते श्रमिकले श्रम अदालत भक्तपुरले आफूहरूलाई काम गर्न र हाजिर गर्न रोक नलगाउन अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । पुस १८ गते उक्त आदेशलाई निरन्तरता दिए पनि काम गर्न नदिएको भन्दै उनीहरु धर्नामा बसेका हुन् ।

यसअघि उनीहरुले श्रम अदालतको आदेशको प्रतिलिपी सहित आफूहरूलाई हाजिर गराउन कोषलाई पत्र दिएका थिए ।

 

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ५ : ५३ बजे