२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सूर्यदर्शन सहकारी ठगी: सकियो सरकारी वकिलको जवाफी बहस,आजै आदेशको सम्भावना



२५ पुस । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ । सम्भवतः आजै आदेश आउने अनुमान गरिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो ।

सरकारी वकिल कार्यालयतर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरेका थिए । अहिले न्यायाधीशले प्रतिवादीलाई आफ्ना कुरा राख्न समय दिइरहेका छन् ।

रविसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्व सांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङमाथि थुनछेक बहस भएको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । रास्वपा सभापति लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डीआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा छन् ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ३ : १३ बजे