२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


१८.१४ अंकले घट्यो नेप्से



२५ पुस । शेयर बजारमा यो साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

नेप्सेका अनुसार बिहीबार परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ को विन्दुमा सीमित भएको छ।

बिहीबार ३०८ कम्पनीको एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर ७३ हजार ३०९ पटक खरिदबिक्री हुँदा सात अर्ब ३० करोड ५३ लाख ४२ हजार ५८१ रुपैयाँ बराबरको कारोबार भएको छ।

अघिल्लो कारोबार दिन बुधबार ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७८४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिन १८० कम्पनीको शेयर मूल्य घट्दा ५५ कम्पनीको बढेको छ भने सात वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

बिहीबारको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक ०.९९ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। यस दिनको कारोबार वित्त समूहको शेयर मूल्य सर्वाधिक २.९३ प्रतिशतले घटेको छ। त्यस्तै, विकास बैंक समूहको २.०४ प्रतिशले घटेको छ।

बिहीबारको कारोबारमा वाराही हाइड्रो पावर र हिमालयन पावर पार्टनरको शेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, रिभर फल्स पावर ८.१९ र न्यादी हाइड्रो पावर ८.११ प्रतिशतले बढेको छ।

त्यस्तै, सप्तकोशी डेभेलपमेन्ट बैंक ९.२३, मायाखोला हाइड्रो पावर ८.४६, सामुदायिक लघुवित्त ७.४९, जानकी फाइनान्स ६.०५ र पोखरा फाइनान्सका लगानीकर्ताले ५.६० प्रतिशतले गुमाएका छन्।

कारोबार रकमका आधारमा सर्वाधिक सुपर मादी हाइड्रोपावरको ४४ करोड ८८ लाख ६ हजार ४३१ रुपैयाँ बराबरको शेयर किनबेच भयो। त्यस्तै शेयर संख्याका आधारमा सिनर्जी पावर डेभेलपमेन्टको आठ लाख ६ हजार १९४ कित्ता किनबेच भयो।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ४ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।