२५ पुस । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएका हुन्।
रास्वपा सभापति लामिछानेलाई ६५ लाख, पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।
प्रतिक्रिया