२५ पुस । राजस्व अनुसन्धान विभागले ललितपुर इमाडोलबाट ठूलो परिमाणमा अवैध भेप बरामद गरेको छ । चीनबाट अवैध रुपमा भित्र्याइएका ती भेप बरामद गरिएको विभागले जनाएकाे छ ।
विभागका अनुसार उक्त भेपको बजार मूल्य करिब ५० करोड रुपैयाँसम्म हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । उक्त भेप चीनबाट अवैध तरिकाले रमेश शेर्पा र पवन साह भनिने त्रिभुवन साहले भित्र्याएको खुलेको छ । दुवै जना फरार रहेकाले खोजी कार्य जारी छ । विभागले उक्त घटनाबारे कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।
प्रतिक्रिया