२५ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्ण प्रजातन्त्र नेपाली जनताको सपनामा मात्रै सीमित भएको बताएका छन् । पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उनले नेपालीका लागि प्रजातन्त्र सपनामा मात्र सिमित भएको दाबी गरे । पूर्वराजा शाहले स्वतन्त्रता र आवधिक निर्वाचनलाई मात्रै प्रजातन्त्र मान्न नसकिने दाबी गरेका छन् ।
‘प्रजातन्त्र भनेको आममानिसको जीवन पद्धति हो । स्वतन्त्रता र केबल आवधिक निर्वाचनको चक्रले प्रजातन्त्रको मर्म र मौलिकता दर्शाउँदैन’ उनले भने । नेपाल कसैको रणमैदान नभएको भन्दै अहिले सुनको कमण्डलु थापेर सहयोगको भिख माग्नु परेको बताए ।
प्रतिक्रिया