काठमाडौँ
राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन् ।
राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।
प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट
प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका हुन् ।
एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले शाहसँगै त्यस अभियानमा योगदान दिएका सबै पुर्खाहरूको स्मरण गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरेकाु छन् ।
उनले आफ्नो सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा भनेका छन्, “राज्य एकीकरणको नेतृत्व गर्नुहुने शाह र त्यस अभियानमा आफ्नो ज्यानको प्रवाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु ।”
प्रतिक्रिया