२७ पुस २०८१, शनिबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


प्रकाश सपुतको नयाँ गीत पनि विवादास्पद, ‘डर छेरुवा कामी’ र ‘उत्ताउली बाहुनी’ शव्द प्रयोग



गलत नियतले भने मात्रै अपमान हुन्छ । नत्र हुँदैन

ललितखबर
सधै विवादमा रमाउने गायक तथा अभिनेता प्रकाश सपुतको अर्को फेरि विवादास्पद गीत सार्वजनिक भएको छ ।

यही चैत्र २२ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’मा प्रयोग भएको संवाद विवादास्पद रहेको भेटिएको छ ।
गीतमा अभिनेत्री स्वस्तिमा खड्काले दलीतलाई अपमान गरेर बोलिने शव्द ‘डर छेरुवा कामी’ प्रयोग गरिएको छ ।

शनिबार राजधानीमा आयोजित गीत सार्वजनिक कार्यक्रममा यो अपमानजनक शव्द प्रयोगबारे प्रश्न उठेको थियो ।

 

हामीले गलत नियतले त्यो शव्द राखेका होइनौं

तर गायक सपुतले नेपालमा सूचिकृत एउटा थर मध्ये रहेकाले कामी राखिएको तर्क गरे । उनले भने, ‘गलत नियतले भने मात्रै अपमान हुन्छ । नत्र हुँदैन ।’
दलीतको विषयमा प्रयोग हुने शव्दहरु बहसको विषय रहेको भन्दै विवादास्पद शव्द राखिएकोबारे आशिंक स्वीकार गरे । तर पनि उनले भन्दै थिए, ‘हामीले गलत नियतले त्यो शव्द राखेका होइनौं ।’
अभिनेत्री स्वस्तिमा खड्काले कामी शव्द राखिएको विषयमा गलत रुपले हेरे अपमान हुने बताइन् ।


गायक प्रकाश सपुतले केही समयअघि पिर शिर्षकको गीतमा माओवादी पुर्वछापामार युवती देह व्यापारमा लागेको दृश्यलाई लिएर विवाद भएको थियो । विर्वत्र विवाद बढेपछि गायक सपुतले सो दृश्यलाई हटाउनु नै परेको थियो ।
उनले सार्वजनिक गरेको पात्र सकम्बरी समेत बजारमा विवाद ल्याएको थियो । पारिजातकी पात्र सकम्बरीलाई फूलमायाँको रुपमा प्रयोग गरिएको छ । रेष्टुरेण्टमा काम गर्ने युवतीलाई कानमा लगाएको झुम्काना, पाउजु , हातको सुनको चुरा कसले किन्दियो जस्ता प्रश्नयुक्त गीत सार्वजनिक भएपछि बजारमा विवाद बढेको थियो । जोवन साट्यौ कि धनको आशैले शव्द प्रयोग भएपछि अधिकारवादी समेत गीतको विषयलाई उठाएर विवाद बढाएका थिए ।
पछिल्लो गीत चलचित्रका निर्देशक समेत रहेका प्रकाश सपुतको शब्द तथा संगीत रहेको यस गीतमा स्वर शान्ति श्री परियार र गायक तथा संगीतकार सपूतको सुन्न सकिन्छ ।

गीतको भिडियोमा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी र खड्क बहादुर पुन (खबपु)देखिएका छन् ।गायक तथा निर्देशक सपूतले गीत सात दिन मेहनत गरेर छायाँकन गरिएको कार्यक्रममा बताएका छन् ।

विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना चलचित्रको विषय बस्तु रहेको निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

 

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १ : ३९ बजे