२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


२५ अंकले घट्यो नेप्से



काठमाडौं

धितोपत्र बजारमा साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आइतबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उच्च गिरावट देखिएको छ।

नेप्सेका अनुसार आइतबार परिसूचक २५.४१ अंकले घटेर २६०९.६९ को विन्दुमा सीमित भएको छ। यसअघि बिहीबार नेप्से परिसूचक १८.१४ अंकले घटेको थियो।

आइतबार ३०१ कम्पनीको ८० लाख २१ हजार ६३१ कित्ता शेयर ४६ हजार ६१४ पटक खरिदबिक्री हुँदा तीन अर्ब ९९ करोड ७९ लाख नौ हजार ३२३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि बिहीबार सात अर्ब ३० करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिन १९३ कम्पनीको शेयर मूल्य घट्दा ४४ कम्पनीको बढेको छ भने ६ वटा कम्पनीको शेयर कारोबार स्थिर रहेको छ। आइतबारको कारोबारमा सबै समूहको उपसूचक घटेको छ। वित्त समूहको उपसूचक सर्वाधिक ३.६० प्रतिशतले घटेको छ।

यस दिनको कारोबारमा विन नेपाल लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रो पावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

सिन्धु विकास बैंक ८.१९, नेपाल रिपब्लिक मिडिया ४.८७ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ४.३४ प्रतिशतले कमाएका छन्। त्यस्तै, सुपर मादी हाइड्रोपावर ७.१०, ग्रिन डेभेलपमेन्ट ६.८४ र समृद्धि फाइनान्सका लगानीकर्ताले ६.०३ प्रतिशतले गुमाएका छन्।

कारोबार रकमका आधारमा सर्वाधिक एनआरएन इन्फाइस्टक्चर एन्ड डेभेलपमेन्टको २० करोड ४१ लाख ५३ हजार ८७२ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने शेयर संख्याका आधारमा सिंगटी हाइड्रो पावरको ६ लाख ३६ हजार ८०४ कित्ता खरिदबिक्री भएको नेप्सेले जनाएको छ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ३ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।