१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रवि लामिछानेलाई हिरासतमै पठाइयो



काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ ।

आइतबार काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा जिल्ला अदालत काठमाडौंमा रास्वपा सभापति लामिछानेको बयान भएको थियो । तर थुनछेक बहस आज नहुने भएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको हो ।

उनी आइतबार काठमाडौंं जिल्ला अदालतमा हाजिर भएका थिए । उनी हाजिर भएलगत्तै न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान भएको थियो ।

थुनछेक बहसमा पहिला सरकारी वकिलको कार्यालयको तर्फबाट बहस हुनेछ । त्यसपछि लामिछानेका कानुन व्यवसायी तथा जाहेरवालाका कानुन व्यवसायीले बहस गर्नेछन् ।

यसअघि कास्कीस्थित सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी रिहा भएका थिए ।

 

 

 

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ४ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।