काठमाडौं । जिल्ला अदालत काठमाडौंमा जारी रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन। बहस नसकिएसँगै उनको मुद्दा हेर्दाहेर्दैमा राखेर उनलाई पुन: प्रहरी हिरासतमै फर्काइएको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज लामिछानेतर्फका २ जना र सरकारी वकिल ९ जनाले बहस गरेका थिए।
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरे। यस्तै, सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल, विना खड्कासहित ९ जनाले बहस गरे पनि सबैको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।
रविमाथि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दा चलिरहेको हो।
प्रतिक्रिया