१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


निर्देशक कृषा चौलागाईप्रति कलाकारहरुको थोरै गुनासो, धेरै प्रशंसा



उहाँको काम प्रतिको लगाव गज्जवको छ

ललितखबर
पछिल्लो पुस्ताकी जल्दोबल्दो चलचित्र निर्देशक हुन् कृषा चौलागाई ।
भर्खरै सार्वजनिक भएको चलचित्र पिताम्बरको टिचरका कारण आजकल निर्देशक कृषाको चर्चा छ । महिला निर्देशकले उच्च स्तरको द्वन्द्वप्रधान चलचित्र बनाउन सफल रहेकोमा धेरैको उनीप्रति चासो र चियोचर्चो सुरु भइसकेको छ ।
उनले नेपाली चलचित्र क्षेत्रलाई करिव आधा दर्जनभन्दा धेरै चलचित्र दिएकी छिन् । चलचित्र निर्माणबाट रजटपटमा अघि बढेकी उनको निर्देशनमा बनेको अघिल्लो चलचित्र ‘औचो पैचो’ पनि बक्स अफिसमा सामान्यतया सफल बन्यो । राजनीतिक विषयबस्तुमा बनाइएको सो चलचित्र एउटा फरक चलचित्रको रुपमा दरिएको थियो ।
राजधानीमा आयोजित चलचित्रको टिजर सार्वजनिक कार्यक्रममा अभिनेत्री सुरक्षा पन्तले निर्देशक कृषाको खुलेरै प्रशंसा गरिन् । एउटी उर्जाशील निर्देशक कृषा मानसिक रुपमा मात्रै नभई ज्यादै सक्रिय रुपमा काम गर्नसक्ने महिला निर्देशकको रुपमा आफूले बुझेको उनको भनाई थियो ।
भौतिक रुपमा पनि उत्तिकै सक्रिय कृषाको उर्जाशील कामले धेरै कुरा सिकेको भन्दै ताली बजाउन सहभागीलाई आग्रह गरिन् । उनले रातदिन खट्नसक्ने निर्देशक कृषाको कामको खुलेर तारिफ गरिन् ।

 

कृषाको काम गर्ने अनि झन् राम्रो काम गर्ने हुटहुटीका कारण चलचित्रमा अनुबन्धित हुन सहमत भएको

उनले उनको कामप्रतिको लगाव र मेहनत देखेर उत्प्ररणा पाएको बताइन् । पुरुषको प्रभाव रहेको समाजमा निर्देशक कृषाको काम उत्कृष्ट रहेका भन्दै उनले कृषालाई ‘लेडी बोस’ भनेकी छिन् ।
अभिनेत्री दिव्या रायमाझी पनि चलचित्रको टिजर हेरेपछि खुशी भइन् । आफू यस्तो राम्रो चलचित्रको अंश बन्न पाएकोमा निर्देशक कृृषालाई धन्यवाद दिइन् ।
निर्देशक कृषाको काम प्रतिको लगावको अभिनेता प्रदिप खड्काले प्रशंसा गरे । उनले पहिलोपल्ट निर्देशक कृषासँग स्क्रिप्ट नपढी काम गर्न राजी भएको बताए । उनले निर्देशक कृषाको काम गर्ने अनि झन् राम्रो काम गर्ने हुटहुटीका कारण चलचित्रमा अनुबन्धित हुन सहमत भएको रहस्य खोलेका थिए । अभिनेता खड्काले पिताम्बरको टिजर हेरेर कृषालाई समेत दिए ।
चलचित्रका निर्माता विशाल भण्डारी आफ्नी दिदी समेत रहेकी कृषा ‘खतरा’ निर्देशक भएको बताउछन् । उनले चलचित्रको सेटमा समेत भाईटिका लगाउन जाँदा ‘म तिम्रो निर्देशक हो । एक सय जनालाई खाली निदार बनाएर चलचित्रमा काम गरिरहेको बेला टिका लगाइदिन्न । अर्को बर्ष टिका लगाउला’ भनेर पठाएको स्मरण गरे । भने, ‘उहाँको काम प्रतिको लगाव गज्जवको छ ।’

कार्यक्रममा पत्रकारहरुले समेत राम्रो एक्सन चलचित्र बनाएको भन्दै प्रश्न सोधेको सुनिन्थ्यो ।
निर्देशक चौलागाईल पनिे अभिनेता प्रदिपको अभिनयको तारिफ गरिन् । प्रदिपको तुरुन्तै चरित्रमा भिज्ने अनि अरु बेलामा सधै हाँसो ठट्टा गर्ने बानी मन परेका उनको भनाई थियो ।
उता निर्देशक कृषाले पनि अभिनेत्री सुरक्षा पन्तको प्रशंसा गर्न भ्याइन् । उनले सुरक्ष।मा अब्बल निर्देशक बन्नेमा ढक्क हुँदै उनीमा अर्को कृषा देखेको बताइन् । अभिनेत्री सुपुष्पा भट्टले राम्रो चलचित्रमा निर्देशक चौलागाईले अवसर दिएको भन्दै धन्यवाद दिएकी थिइन् ।
कृषाको मिजासप्रति कलाकारहरुको गुनासो
निर्देशक कृषाप्रति कलकारहरुको थोरै गुनासो पनि सुनियो । कृषाकाृ कडा मिजासका कारण कतिपय कलाकारहरुले चित्त दुखाएको र चलचित्रको सेटमै आँशु झरेको खुलासा भएको थियो ।
अभिनेत्री दिव्या रायमाझीले सुरुमा आफूलाई निर्देशक कृषा देखेर डर लागेको अनुभव सुनाएकी थिइन् ।

 

दिव्या नयाँ कलाकार भएर रोइन् । तर हामी चाही रोएनौं

निर्देशक कृषाको कडा मिजासबारे पत्रकारहरुले पनि प्रश्न गरेका थिए । कृषाले आफ्नो कडा मिजासका कारण दिव्या राजमाझीको असली काम निकाल्न गाह्रो भएको बताइएकी थिइन् । उनले भनिन्, ‘त्यसैले मैले हेर नानी यस्तो हो उस्तो हो भनेर सम्झाएपछि दिव्याले राम्रो काम गरेकी छिन् ।’ कार्यक्रममा निर्देशक कृषा पत्रकारलाई प्रश्न सोधेको कि विचार व्यक्त गरेको भनेर झनक्क बनेको देख्न सकिन्थ्यो ।
निर्देशक कृषाको कडा स्वभावका कारण सबै कलाकारलाई बिझेको अभिनेत्री सुरक्षाले सुनाइन् । भनिन्, ‘दिव्या नयाँ कलाकार भएर रोइन् । तर हामी चाही रोएनौं ।’

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ९ : ३४ बजे